प्रकृतिप्रेमी/पर्यावरणविद् तथा भारतको चिपको आन्दोलन प्रमुख सुन्दरलाल बहुगुणाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
बहुगुणाको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि एम्स ऋिषिकेश अस्पतालमा भर्ना गरिएको थियो। उनको शुक्रबार निधन भएको हो।
भारतको उत्तराखण्डमा सन् १९२७ मा जन्मेका सुन्दरलालले प्रकृति बचाउनका लागि आन्दोलन र विभिन्न अभियान चलाएका थिए।
पर्यावरणको सुरक्षाका लागि उनले वातावरण सम्बन्धि प्रसिद्ध आन्दोलन चिपको र किसान आन्दोलनको नेतृत्व गरेका थिए।
भारतका राष्ट्रपिता महात्मा गान्धिका अनुयायी सुन्दरलाल बहुगुणाले १३ वर्षको कलिलो उमेरमा राजनीतिक यात्रामा पाइला चालेका थिए।
सन् १९४९ मा दिलतलाई मन्दिरभित्र पस्न नदिने परम्पराको विरोध गर्दै उनी निरन्तर आन्दोलन तथा संघर्षमा उत्रिरहे।
सामाजिक काममा ध्यान दिनका लागि बहुगुणाले राजनीतिम जीवनबाट सन्यास लिने घोषणा गरे। सन् १९५६ मा उनले बिहे गरेपछि पत्नी बिमला नैटियालसँग मिलेर पर्वतीय नवजीवन मण्डलको स्थापना गरेका थिए।
बहुगुणाले वृक्ष काट्नु हुन्न बरु रोप्नजुपर्छ यो मानव जीवनका लागि अपरिहार्य छ भन्दै बोटविरुवा काट्न नपाइने आन्दोलनको सुरुवात गरेका थिए। सन् १९७१ मा शरना पसल खोल्न नपाइने भन्दै बहुगुणा १६ दिनसम्म अनसनसमेत बसेका थिए।
सुन्दरलालले सुरु गरेको चिपको आन्दोलन विस्सतारै भारतभर फैलिदै गयो।
सन् १९७४ मा चमोली जिल्लामा ठेकेदार रुख काट्न आएपछि त्यहा स्थानीय महिलाहरू रुखसँग टासिएर उनलाई साथ दिएका थिए।
आन्दोलन देशव्यापि भएपछि तात्कालिन प्रधानमन्त्री इन्दिरा गान्धि सरकारले १५ वर्षसम्म बोटविरुवा काट्न नपाइने कानून ल्याएको थियो।