काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रका लागि खतराको रुपमा रहेको बताएका छन् ।
गगनले प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्रको विरोधी भएको आरोप लगाउँदै भने, गणतन्त्रको एउटा खतरा ओली नै हुन् । उनको दुईतिहाइ गणतन्त्रका लागि सुभसंकेत होइन ।
सोमबार नेविसंघले काठमाडौमा आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘मुलुकमा संघीयता सबै भन्दा बढी मन नपराउने व्यक्ति कोही छन् भने ती ओली नै हुन् । चित्रबहादुर भन्दा ओली बढी संघीयता विरोधी हुन्’
चुनाव कांग्रेसका लागि चुनाव एउटा लडाइ भएको बताउँदै थापाले भने, कांग्रेसले एउटा लडाइ हारेको छ । तर युद्ध हारेको छ। थपाले संवैधानिक निकायलाई समेत राजनीतिक प्रभावमा राख्न खोजेर अधिनायकवादतर्फ लम्किने संकेत दिएको आरोप लगाए । अरु राजनीतिक शक्तिहरुको अस्तित्व स्वीकार्न सकस भएको भनाइ गगनको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४