काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाईसकेकोले राजपाको सरकारमा जाने बाटो खुलेको बताए ।
उनले भने,‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ, तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन् ।’
अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने झाले जिकिर गरे ।
त्यस्तै उनले २ नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने बताए । उनले भने, ‘२ नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन्, हामी असहयोग गर्दैनौं ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४