काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको यूएन पार्कमा एक युवकमाथि गोली चलाएको छ ।
गोली लागेर अशोक लामा नामक युवक घाइते भएका छन् । घुँडामा गोली लागेका उनलाई उपचारार्थ वीर अस्पतालमा भर्ना गरिएको छ । लामा गुण्डा नाइके भएकाे प्रहरीले जनाएकाे छ ।
ललितपुर गिम्दी-८ का ३८ वर्षीय लामाले समूह खडा गरी सातदोबाटो र भैंसेपाटी क्षेत्रका घरजग्गा, क्रसर र निर्माण व्यवसायीहरूसँग धम्क्याउँदै रकम असुल्ने गरेको अपराध महाशाखाले जनाएको छ । प्रहरी टोलीले यूएन पार्कनजिक बसिरहेको फेला पारेर खानतलासी गर्दा फायर खोलेपछि आत्मरक्षाका लागि उनीमाथि गोली चलाउनुपरेको महाशाखाको विज्ञप्तिमा उल्लेख छ ।
उनको दायाँ खुट्टामा गोली लागेको छ । घटनास्थलबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद महाशाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४