काठमाडौं – कोभिड–१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग स्वास्थ्य मन्त्रालयले विवरण माग गरेको छ।
वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको विवरण माग गरेको हो।
उनीहरूलाई ६ महिनासम्म सुरुको तलब स्कलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने भनिएको छ।
कोभिड–१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन शव व्यवस्थापनमा प्रतेयक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी र सुरक्षाकर्मीको विवरण व्यवस्थित गर्ने र प्रमाणित अभिलेखका आधारमा भत्ता उपलब्ध गराइने मन्त्रायले पठाएको पत्रमा उल्लेख छ।