सोमबार, असार २९, २०८३

छाउगोठमा सर्पले डस्दा किशोरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी : छाउगोठमा सुतेकी १८ वर्षकी किशोरी पार्वती बुढाको मृत्यु भएको छ । महिनावारी भएकी अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वतीलाई शनिबार राति सर्पले डसेको थियो ।

छाउ गोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको थियो । पार्वती घरबाट तल बेसीको छाउगोठमा थिइन । साथी राधिका बुढासँगै गोठमा सुतिरहेको बेला छाना रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन् । परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो ।

पार्वती विश्वज्योती माविमा कक्षा १० मा अध्ययनरत थिइन । उनकी दिदी प्रेमकला बुढाका हिउँदयाममा केहि परिवार बेसीतिर गाईबस्तुसहित छानामा बस्ने गर्दछन् । नजिकै महिनावारी भएको बेला सुत्ने गोठ पनि निर्माण गरिएको हुन्छ ।

उनीसँगै रहेकी साथी राधिकाले पार्वतीको महिनावारी भएको शनिबार चार दिन थियो भन्ने जानकारी दिए पनि तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसँग सुतेको बताए ।

छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफूकहाँ आएको उनले बताए । तुर्माखाँद गाउपालिकाकी उपप्रमुख अम्रिता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन ।

गत पुसमा मात्र सोहि गाउँपालिका वडा नम्बर ३ भैरवस्थानको लकान्द्रा की २२ वर्षकी गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा ज्यान गएको थियो ।

छाउपडी गोठमा सुतेको अवस्थामा अछाममा बर्षेनी किशोरी तथा महिलाले ज्यान गुमाईरहेका छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।