सोमबार, असोज १२, २०८३

कविता : कोरोना सन्देश

कोरोनाको कहर जगमा बस्नुपर्ने घरैमा रोगी हौँला मनमन भनी त्रास छायो छिनैमा
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

कोरोनाको कहर जगमा बस्नुपर्ने घरैमा

रोगी हौँला मनमन भनी त्रास छायो छिनैमा

संसारैमा सबतिर यही रोगको भो प्रहार

खायो ज्यानै किन मनुजको आज देखिन्छ हार।

 

जन्म्यो, हुर्क्याे मनुज तनमा चाइनाको वुहान

दन्क्यो आगो दनदन भई ईटली के इरान !

गोर्खाली हौँ समर विजयी हुन्न कच्चा भनेका

नातागोता भीडतिर पसी घुम्न टाढा गएका।

 

हेर्दाहेर्दै सहर, घरमा रोग आयो घुमेर

रुन्छन् मान्छे अब धुरुधुरु मर्न लाग्यौँ भनेर

सुत्दा–उठ्दा बकबक त्यसै पोस्ट गर्छन् कसैले

हामी सारा विचलित नभै धैर्य राखौँ सबैले।

 

लालाबाला जति घरघरै पाठशाला खुलेनन्

बन्दाबन्दै पसल र कतै रेल, गाडी चलेनन्

व्यापारीको छलकपटले मूल्य लाग्यो उकालो

ओरालोमा मुलुक जहिल्यै भ्रष्टको हुन्छ जालो ।

 

यो बेलामा कठिन छ बुझौँ रोग साझा सबैको

बाबाआमा सकस छ अझै ख्याल राखौँ सबैको

बाला–वृद्धा सब जन अझै पोषिला चीज खाऔँ

साबुन पानीसित मिचिमिची होसले हात धोऔँ ।
 

ज्वरो आए हनहन बनौँ झन् अझै होसियार

हामी मान्छे अबुझ नभए खै कहाँ हुन्छ हार?

कोरोनाले जब सुजनका बस्तीमा हाल्छ घेरा

मान्छे जागेपछि विपतले हार्छ रे निभ्छ ज्वाला !

(के.सी. भ्याली भ्यू इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन्।)

प्रकाशित: May 21, 2021| 02:39 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।