बिहीबार, फागुन २८, २०८२

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

११ दिनको द्वन्द्वपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - ११ दिनको द्वन्द्वपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। दुवै पक्षले द्वन्द्व रोक्न सहमति गरेका छन्। 

National life

यो द्वन्द्वमा कम्ती २४० जनाको मृत्यु भएको छ, जसमा धेरैजसो मृत्यु गाजामा भयो। इजरायलको क्याबिनेटले आपसी सहमति र बिना शर्त युद्धविराम गर्ने निर्णय गरेको छ। 

हमासका एक अधिकारीका अनुसार दुवै पक्षबीच भएको सहमति स्थानीय समयअनुसार शुक्रबार राति २ बजेदेखि लागू भएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविराम गर्ने सहमतिपछि भनेका छन्- यो युद्धविरामले दुवै पक्षबीच प्रगतिको राम्रो अवसर लिएर आउने छ। 

यो द्वन्द्वका क्रममा इजरायलले गाजामा १०० भन्दा बढी हमला गरेको थियो। हमासले पनि इजरायलविरुद्ध जवाफी रकेट बर्साएको थियो।

Laxmi sunrise bank
kumari

गाजामा मे १० मा लडाइँ सुरु भएको थियो। यसअघि इजरायल र प्यालेस्टाइन चरमपन्थीका बीच पूर्वी यरुसलमलाई लिएर कयौं हप्तादेखि विवाद थियो। 

मे ७ मा अल-अक्सा मस्जिद नजिक यहूदीहरु र अरबीहरुबीच झडप भयो। जसलाई दुवैले पवित्र स्थल मान्छन्। यसको दुई दिनपछि इजरायल र हमासले एक अर्काबीच हमला सुरु गरेका थिए। 

इजरायली हमलाबाट गाजामा अहिलेसम्म २३२ जनाकाे मृत्यु भएकाे छ। गाजास्थित हमासकाे स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा करिब १०० जना महिला र बच्चा छन्। 

इजरायलका अनुसार भने मृत्यु हुनेमा कम्तीमा १५० जना चरमपन्थी सामेल थिए। हमासले मृत्युबारे केही जानकारी दिएकाे छैन। 

इजरायलमा भएकाे रकेट हमलामा १२ जनाकाे मृत्यु भएकाे छ। बीबीसी

 

प्रकाशित: May 21, 2021| 01:43 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।