सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति शुद्धिकरण विभाग ल्याइयो

गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति शुद्धिकरण विभाग ल्याइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सुन तस्करीका मुख्य अभियुक्त भनिएका तीन जनालाई सम्पत्ति शुद्धिकरण विभाग ल्याइएको छ ।

सुन तस्करी मुख्य अभियुत्त चुरामणी उप्रेति (गोरे), भुजुङ गुरुङ र गुरुङका सालो डा डेविट भनिने छिरिङ वांगेल लामालाई विभाग बोलाएर थप अनुसन्धान थालिएको हो ।

तस्करीको साढे ३३ केजी सुन तथा सनम शाक्य हत्याको छानबिन गर्न बनेकोे समितीको प्रारम्भिक अध्यायनमै बिभिन्न समयमा गरी ३८ क्वीन्टल सुन तस्करीमा समेत मुख्य योजनाकार भएको पाइएपछि गोरे, भुजुङ तथा छिरिङलाई काठमाडौं ल्याइएको हो ।

तस्करीको सुन तथा सनम हत्या बारे छानबिन गर्न बनेको समितिको सिफरिसमा उनिहरुलाई  शुद्धिकरण विभाग झिकाइएको हो ।

राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका ६४ बर्षका भुजुङ गुरुङ र उनका साला छिरिङ वांगेल बिगत ४० बर्षदेखि सुन तस्करीमा संलग्न रहेको अनुसंधानबाट खुलेको छ ।

चुडामणी उप्रेती गोरे बिगत ७/८ बर्षदेखि समुह नै तयार गरी तस्करीमा संलग्न रहेका थिए । सुन तस्करीबाट अकुत संपति कमाएका छिरिङ, गोरे, भुजुङलाई थप अनुसन्धान गरी भष्टचार निवारण ऐन अर्न्तगत मुद्धा चलाइने तयारी भैरहेको स्रोतले जनाएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।