शुक्रबार, जेठ १, २०८३

ट्रम र किम सिंगापुरमाः वार्ताकाे कार्यसूची तय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच मंगलबार स्थायी शान्ति स्थापनाका विषयमा ऐतिहासिक वार्ता हुँदैछ । 

उत्तर कोरियाली समाचार संस्था केसीएनएले जारी गरेको विज्ञप्तिअनुसार दुई नेताबीच कोरियाली प्रायद्वीपमा परमाणु अस्त्र निशस्त्रीकरण र आपसी हितका विषयमा छलफल हुन लागको हो । 

छलफलका लागि ट्रम र किम सिंगापुर आइसकेका छन् । दुवै नेता फरक होटलमा बसिरहेका छन्। किम सेन्ट रेगिस् होटलमा छन् भने ट्रम्प आधा माइल पर रहेको शाङ्ग्रिलामा बसिरहेका छन्। तर एक अर्काभन्दा धेरै टाढा छैनन्।

सिंगापुरमा हुने वार्ताको कार्यसूची समेत तय गरिएको छ । वार्ताका लागि किम जङ–उनले ‘स्थायी शान्ति स्थापना संयन्त्र’ का विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

आफ्ना नेता किमले मंगलवार अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटमा स्थायी शान्ति स्थापना संयन्त्रका विषयमा छलफल गर्ने योजना बनाएको उत्तर कोरियाले जनाएको छ।

उत्तर कोरियाली नेता किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर बैठक सुखद हुने प्रतिक्रिया दिएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।