काठमाडौं- विश्वकप फुटवल प्रतियोगिताको अन्तिम तयारीमा रहेको ब्राजिलले अष्ट्रियालार्इ ३–० गोलअन्तरले पराजित गरेको छ।
आइतबार राती भएको मैत्रिपूर्ण खेलमा गाब्रियल जिसस, नेमार र फिलिप्पे कौन्टिहोले गोल गरेपछि अन्तिम वार्मअप खेलमा ब्राजिलले अष्ट्रिया सहजै पराजित गरेको हो ।
खेलको ३६औं मिनेटमा जिससले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। ६३औं मिनेटमा नेमारले र ६९औं मिनेटमा फिलिप्पेले गोल गरेपछि ब्राजिलले ३-० गोलको जित निकालेको हो।
पाँच पटकको विश्वकप च्याम्पियन टोली ब्राजिल विश्वकपको समूह इ मा छ। उसको पहिलो खेल जुन १७ मा स्वीट्जरल्याण्डविरुद्ध छ। त्यसपछि कोस्टारिका र सर्बियाको सामना गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४