बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ‘सिंगापुर भेरियन्ट’ ले तात्यो भारतीय राजनीति, विदेश मन्त्रालय र दिल्ली सरकारबीच भनाभन

‘सिंगापुर भेरियन्ट’ ले तात्यो भारतीय राजनीति, विदेश मन्त्रालय र दिल्ली सरकारबीच भनाभन

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको ‘सिंगापुर भेरियन्ट’ ले बालबालिकालाई धेरै असर गरेको भन्ने व्यहोरोको ट्विट गरेपछि भारतको राजनीति तातेको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

एजेन्सी- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाको ‘सिंगापुर भेरियन्ट’ ले बालबालिकालाई धेरै असर गरेको भन्ने व्यहोरोको ट्विट गरेपछि भारतको राजनीति तातेको छ।

National life

मंगलबार केजरीवालले सिंगापुरबाट आएको कोरोनाको नयाँ भेरियन्ट बालबालिकाका लागि निकै खतरनाक रहेको भन्दै सिंगापुरसँगको हवाई सेवा तत्काल बन्द गर्न केन्द्रीय सरकारलाई आग्रह गरेका थिए।

उनले ट्विट गर्दै बालबालिकाका लागि खोपको विकल्प र प्राथमिकताका आधारमा काम गर्न केन्द्रीय सरकारलाई आग्रह गरेका थिए।

केजरीवालले सिंगापुर भेरियन्ट बालबालिकाका लागि धेरै खतरनाक छ भनेकै दिन मंगलबार नेपालमा पनि स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरेर तेस्रो भेरियन्ट पाइएको र यो बालबालिकाका लागि धेरै खतरनाक रहेको बताएको थियो। नेपालले भने तेस्रो भेरियन्ट कुन देशको हो भन्ने स्पष्ट पारेको छैन। मन्त्रालयको विज्ञप्तिपछि बालबालिका लागि खतरनाक भनिएको भेरियन्ट नेपाली नै पो हो कि भन्ने प्रश्नहरु आम रुपमा उठेका छन्। यसको जवाफ मन्त्रालयले दिइसकेको छैन।

केजरीवालको उक्त ट्विटपछि भारतीय राजनीति निकै तातेको छ। भाजपा नेतृत्वको केन्द्रीय सरकारले सिंगापुर भेरियन्टको अभिव्यक्ति भारत सरकारको आधिकारिक अभिव्यक्ति नभएको भन्दै स्पष्टिकरणसमेत दिएको छ।
विदेशमन्त्री एस जयशंकरले केजरीवालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

Laxmi sunrise bank
kumari

सिंगापुरले केजरीवालको ट्विटप्रति दुःख व्यक्त गरेपछि एस जयशंकरले लामै ट्विट गरेर केजरीवालको खण्डन गर्दै सिंगापुरको पक्षपोषण गरेका छन्।

उनले भनेका छन्, ‘सिंगापुर र भारत कोभिड–१९ को लडाइँमा बलिया साझेदारका रुपमा छौँ। हामी सिंगापुरको सैन्य सहयोग र अक्सिजन आपूर्तिका लागि उसले खेलेको भूमिकाको प्रशंसा गछौँ। हाम्रो सहयोगका लागि सिंगापुरले एयरक्राफ्ट पठायो। यसैबाट थाहा हुन्छ, कि हाम्रो सम्बन्ध कति खास छ।’

जयशंकरले आफ्नो अर्को ट्विटमा भनेका छन्, ‘गैरजिम्मेवार बयान दिनेलाई यसप्रकारको टिप्पणीले लामो समयदेखिको साझेदारीसहितको मित्रतामा कस्तो नोक्सान पुग्छ भन्ने कुरा थाहा हुनुपर्छ। दिल्लीका मुख्यमन्त्रीको बयान भारतको आधिकारिक बयान नभएको स्पष्ट पार्दछु।’

एस जयशंकरको यही ट्विट रिट्वट गर्दै सिंगापुरका विदेशमन्त्री विवियन बालकृष्णनले धन्यवाद दिएका छन्। साथै उनले भारत र सिंगापुरको सम्बन्ध यसरी नै अगाडि बढ्ने उल्लेख गरेका छन्।’
बालकृष्णनले एस जयशंकरको ट्विट रिट्वट गर्दै भनेका छन्, ‘राजनेताहरुले तथ्यसहित बोल्नुपर्छ। कुनै सिंगापुर भेरियन्ट छैन।’ योसँगै उनले एउटा खोजसहितको समाचारको लिंक रिट्वट गरेका छन्।

यो विवादपछि भारतको अंग्रेजी अखबार द हिन्दुकी डिप्लोम्याटिक अफेयर्स एडिटर सुहासिनी हैदरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्विट रिट्वट गर्दै लेखेकी छन्, ‘दिल्लीका मुख्यमन्त्रीको टिप्पणी बिना सोचविचार आएको छ। तर अचम्मको कुरा यो छ कि विदेश मन्त्रालयले खुलेआम एक चर्चित भारतीय प्रतिनिधिलाई खिसिटिउरी गरिरहेको छ।’

विदेशमन्त्री जयशंकरको भनाइप्रति आपत्ति जनाउँदै दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले केजरीवाललाई बालबालिका चिन्ता भए पनि केन्द्र सरकारलाई सिंगापुरको चिन्ता रहेको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘यसअघि लण्डनमा कोरोनको नयाँ स्ट्रेन आएको थियो। भारत सरकारले त्यो समयमा कुनै कदम उठाएन। त्यसको परिणाम अहिले पुरै भारतले भोगिरहेको छ।’
सिसोदियाले सिंगापुरमा देखिएको भेरियन्टले बालबालिकालाई धेरै असर गरेकोबारे सिंगापुरकै शिक्षामन्त्रीले यसअघि बताएको भन्दै केजरीवालको बचाउ गरेका छन्।

प्रकाशित: May 19, 2021| 10:09 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।