सोमबार, असार २९, २०८३

राष्ट्रियसभा सदस्यको भाग्य गोलाप्रथामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाका सदस्यको कार्यकाल निर्धारणका लागि असार ४ गते गोलाप्रथा हुने भएको छ ।

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित भएसँगै संघीय संसद सचिवालयले सदस्यको कार्यकाल टुंगो लगाउने तयारी गरेको हो । संविधानमै राष्ट्रियसभा सदस्यको कार्यकाल गोलाप्रथाबाट टुंगो लगाउने व्यवस्था छ ।

गोलाप्रथाबाट को- को सदस्यको पदावधी कति वर्ष रहने भनेर तय गरिने छ । सदस्यको कार्यकाल दुई, चार र छ वर्षको हुनेछ । कुल ५९ सदस्य रहने राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक चौथाइ सदस्यको कार्यकाल सकिनेछ । पहिलो दुई वर्षमा १९ र चार तथा छ वर्षमा २०/२० सदस्यको कार्यकाल सकिने व्यवस्था गरिएको छ । 

राष्ट्रियसभा सदस्यको पूर्ण कार्यकाल छ वर्षको हुने संवैधानिक व्यवस्था छ । स्थायी सदन राष्ट्रियसभामा पहिलो दुई वर्षमा पदावधि सकिने सदस्यको स्थानमा पुनः निर्वाचन भई सदस्य थपिँदै जानेछन्। गोलाप्रथामा पदाधिकारीसहितका सबै सदस्य समेटिनेछन्। स्थायी संरचना भएकाले सदस्यको रिक्तता भने हुने छैन। कार्यकाल सकिएका सदस्य पुनः उम्मेदवार हुन समेत पाउने व्यवस्था गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।