सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अखबारः यूएनको राजनीतिक विभाग बन्द, भुँडे सैनिकको बढुवा रोकिने

अखबारः यूएनको राजनीतिक विभाग बन्द, भुँडे सैनिकको बढुवा रोकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
 
सरकारले राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द गर्ने निर्णय गरेको विषयलाई आजको नागरिक दैनिक र अन्नपूर्ण पोस्ट्ले मुख्य समाचार बनाएका छन् भने कान्तिपुर दैनिकले चीनले नेपाल जोड्ने दुई नाकामा पुल बनाइदिने विषयलाई प्राथमिकतामा पारेको छ ।

करोबार दैनिकले भने मदिरा व्यवसायमा इजाजत शुल्क बढेको, खाध्य र पेयपदार्थको गुणस्तरमा अत्याधिक समस्या देखिएको विषयलाई मुख्य समाचार बनाएको छ । 

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैमा एआईजी संख्या कटौती गरेको, सम्पति विवरण नबुझाउने १६ सय जनप्रतिनिधि कारबाहीमा परेको, नेपाली सेनामा कार्यरत सैनिकको भुँडी बडे मिसन र बढुवा निषेध गर्ने विषयले पनि आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा स्थान पाएका छन् । 

राष्ट्रसंघिय राजनीतिक विभाग बन्द

अन्नपूर्णमा प्रकाशित सरकारले संयुक्त राष्ट्रसंघको काठमाडौंस्थित राजनीतिक मामिला विभागलाई (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ ।

सरकार र तत्कालीन माओवादीबीच २०६३ मा शान्ति सम्झौतापश्चात् शान्ति प्रक्रियामा सघाउन स्थापित संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को कार्यावधि सकिएपछि राजनीतिक मामिला विभाग सरकारको सहमतिबिनै सञ्चालित थियो ।

द्वन्द्वपछि समाजमा सौहाद्र्रता कायम गर्न स्थापना गरेको बताइने डीपीएले नेपालको सार्वभौमसत्ताविरोधी कार्यक्रम सञ्चालन गरेको आरोप सरकारले लगाएको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाकार डा.कुन्दन अर्यालले राष्ट्र संघको डीपीएलाई सरकारले बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन्। ‘नेपालस्थित राष्ट्र संघको राजनीतिक मामिला विभाग बन्द गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ र यसबारे राष्ट्र संघको कार्यालयलाई पनि पत्र पठाइएको छ’, उनले भने।

नेपालस्थित राष्ट्र संघको डीपीएमाथि कार्यक्षेत्र नाघेर काम गरेको आरोप लाग्दै आएको छ। उसले जातिय, क्षेत्रीय मुद्दालाई भड्काउने गरेको, विखण्डनकारी तत्वहरूसँग सम्बन्ध विस्तार गरेको र सघाएको आरोप लाग्दै आएको छ ।

चीनले दुई नाकामा पुल बनाइदिने

चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने भएको छ। प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।

कान्तिपुर दैनिकमा प्रकाशित खबर अनुसार तातोपानी रसुवागढी दुवै स्थानमा पुराना पुल भत्काएर नयाँ निर्माण गरिदिने प्रस्ताव चिनियाँ पक्षले गरेको थियो। नयाँ पुलको लम्बाइ र प्रकारबारे प्राविधिक अध्ययन हुन बाँकी छ। चीनले रसुवागढी केरुङ नाकामा ठूलो पुल निर्माण गर्न लागेको छ। रेलमार्गलाई समेत ध्यान दिएर मितेरी पुल निर्माण गरिने अधिकारीहरूले जनाएका छन्।

१६ सय जनप्रतिनिधि कारबाहीमा 

नागरिक दैनिकमा प्रकाशित खबर अनुसार तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिना भित्र पाँच हजार रुपैयाँ जरिवानासहित सम्पति विवरण पेस गर्न पत्र काटेको हो । अख्तियारका प्रवत्ता रामेश्वर दंगालले राष्ट्रिय सतर्कता केन्द्रले बुझाएको विवरणका आधारमा अख्तियारले ती जनप्रतिनिधिलाई चिठ्ठि काटेको बताए । 

भुँडे सैनिकलाई शान्ति मिसन र बढुवा निषेध

सैनिकहरुको भुँडी लाग्यो भने के हुन्छ ? नेपाली सेनामा कार्यरत सैनिक अधिकारीहरु हुन् भने अब बढुवा रोकिन्छ अनि शान्ति मिसनबाट पनि नाम हटाइन्छ ।

मोटोपन र दुब्लोपन अत्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेना लगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट पनि उनीहरु बञ्चित हुनेछन् 

सैनिक मुख्यालयले आफ्ना सैनिकको स्वास्थ्यस्थितिलाई दृष्टिगत गर्दै ल्याएको स्वास्थ्य वर्गीकरणसम्बन्धि कार्यविधिमा तोकिएको मापदण्डविपरित तौल भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा नहुने र शान्ति सेनामा जानबाट बन्चित हुने उल्लेख गरिएको अन्नपूर्णले लेखेको छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।