बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु भएकाको शव काभ्रेमै व्यवस्थापन गरिने

कोरोनाबाट मृत्यु भएकाको शव काभ्रेमै व्यवस्थापन गरिने

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काभ्रे - कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ।

काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ।

हाल स्थानीय तहबाट पहिचान भइआएको ६ स्थानमा शव व्यवस्थापन गर्न सकिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।  उनका अनुसार केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएका छन्। 

स्थानीय तहले पहिचान गरी पठाएअनुसार पाँचखाल नगरका लागि सीमाक्षेत्र भुम्लु गाउँपालिकाबीचमा अवस्थित दोलालघाट बगर क्षेत्र, मण्डनदेउपुर नगरका लागि स्थानीय मशानेघाट क्षेत्र, लट्ठघारी वन क्षेत्र र बाँसखर्कलगायत वन क्षेत्र, चौँरी देउराली गाउँपालिकामा चिहानडाँडा, गोठपानीलगायत आठ स्थान, भुम्लु गाउँपालिकाका लागि सुनकोशी र इन्द्रावती नदीको दोभान, खानीखोला गाउँपालिकाका लागि वाग्मती घाट, रोशी गाउँपालिकाका लागि भ्याकुरे खोला र रोशी खोलीस्थित त्रिवेणीघाट पहिचान गरिएको केन्द्रले जनायो।

पहिचान भएका स्थानमध्ये सदरमुकाम नजिकका स्थानमा केही दिनपछि शव व्यवस्थापन थालिने प्रजिअ पोखरेलले जानकारी दिए। रासस

प्रकाशित: May 19, 2021| 02:03 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।