सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्याराग्लाइडिङबाट फेवा तालमा खसेका २ जनालाई सशस्त्रले बचायो

प्याराग्लाइडिङबाट फेवा तालमा खसेका २ जनालाई सशस्त्रले बचायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कास्की- पोखरा महानगरपालिका ६ स्थित फेवातालबाट एपीएफ टोलीले आइतबार प्याराग्लाइडिङ् गर्ने क्रममा तालमा खसेका दुई जनाको सकुशल उद्वार गरेको छ । 

लेखनाथ महानगरपालिका १८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए । 

उक्त दुुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोली तत्कालै घटनास्थल पुगी उद्वार कार्यमा जुटेको हो। 

सशस्त्र प्रहरी नायव निरीक्षक धमेन्द्र चौधरीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मोटरबोटको सहायताले चिनियाँ नागरिक ३० वर्षिया लियु फेन र पोखरा महानगरपालिका ६ लेखसाइड बस्ने ३२ वर्षिय सुरेश नेपालीको सकूशल उद्वार गरेको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।