आइतबार, वैशाख २८, २०८२

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुँदै

 हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरु हुने भएको छ।
 |  बुधबार, जेठ ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

vianetvianet

हेटाैंडा - हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरु हुने भएको छ। अक्सिजन प्लान्ट निर्माणका लागि मंगलबार अस्पताल र उद्योग संघ हेटौंडाबीच सम्झौता भएको हो।

triton college

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ १६ गतेभित्र निर्माण सुरु हुने गरी सम्झौता भएको हो।

सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरेका थिए।  

प्लान्ट निर्माण एक करोड ३० लाखमा सम्पन्न हुने अनुमान संघले गरेको छ। प्लान्ट निर्माणको संयोजन उद्योग संघले गर्ने र आर्थिक जोहो संघसँग आबद्ध उद्योगीहरूले गर्ने संघले जानकारी दिएको छ।

जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०-३० दिनभित्र प्लान्ट जडान भइसक्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिए। प्लान्टले दैनिक २०० सिलिन्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए।

National life insurance

यसैबीच मकवानपुरमा कोभिड-१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौंडा उपमहानगरपालिकाले दैनिक १०० सिलिण्डर अक्सिजन ल्याउने अभियान सुरु गरेको छ। रासस

प्रकाशित: May 19, 2021| 00:50 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।