विराटनगर– प्रदेश १ मा मंगलबार १,२०६ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो।
२ हजार ४५४ जनाको पीसीआर परीक्षण गर्दा ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६ हजार ५६९ पुगेको छ। संक्रमित भएका मध्ये ३१ हजार ३४८ संक्रमणमुक्त भएका छन्।