विराटनगर– मोरङमा पछिल्लो २० घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। चार जनाको होम आइसोलेसनमा मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१३ की ५३ वर्षीया महिला, विराटनगर–१४ का ६२ वर्षीय पुरुष, विराटनगर–१७ की ५३ वर्षीया महिला र मोरङको रंगेली नगरपालिका–७ का ५० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो।
नोबेल शिक्षण अस्पताल विराटनगरमा मोरङको बूढीगंगा–१ का ७५ वर्षीय पुरुष, सर्लाहीका ३० वर्षीय पुरुष, सुनसरीको हरिनगरा–५ का ७० वर्षीय पुरुष, विराटनगर–१५ की ५८ वर्षीया महिला, विराटनगर–४ का ५४ वर्षीय पुरुषको मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले बताए।
विराट शिक्षण अस्पताल बुढीगंगामा विराटनगर–१३ का ५५ वर्षीय पुरुष, सप्तरीको सप्तकोसी नगरपालिका–८ की ४० वर्षीया महिला, विराटनगर–१६ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ। विराटनगरको न्युरो अस्पतालमा विराटनगर–१७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनुषाको जनकपुरका ६१ वर्षीय पुरुष, मोरङको रंगेली नगरपालिका–५ का ४७ वर्षीय पुरुष, सप्तरीको राजविराजका ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए।