बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा अक्सिजन अभाव हुन नदिन मन्त्रीको संयोजकत्वमा समिति गठन

प्रदेश २ मा अक्सिजन अभाव हुन नदिन मन्त्रीको संयोजकत्वमा समिति गठन

कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भइरहेको समयमा प्रदेश २ सरकारले एक मन्त्रीको संयोजकत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

जनकपुरधाम– कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव भइरहेको समयमा प्रदेश २ सरकारले एक मन्त्रीको संयोजकत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ।

प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको हो। 

अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनका लागि मन्त्री यादवको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ। उक्त समितिले प्रदेशभित्रका अक्सिजन उद्योगबाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुगमन नियमित गर्नेछ। 

बैठकबाट कोरोना संक्रमितहरुको उपचारमा लागेको प्रदेशका सरकारी तथा निजी अस्पतालहरुको अनुगमनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा विज्ञ समूह गठनसमेत गरेको छ। उक्त समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सल्लाह सुझाव दिनेछ।

आवश्यक्ताअनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागी आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार समेत दिइएको छ।

प्रकाशित: May 18, 2021| 12:56 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।