बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले कार्यदलको पहिलो बैठक : कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता लागू गर्ने निर्णय

एमाले कार्यदलको पहिलो बैठक : कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता लागू गर्ने निर्णय

नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठिन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठिन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचार संहिता तुरुन्त तय गरेर लागू गर्ने निर्णय गरेको छ।

बैठकपछि माधव पक्षीय कार्यदल संयोजक भीम रावलले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सबैलाई आग्रह गरिएको जानकारी दिए। बैठकले पार्टीभित्र अविश्वास, अन्तरविरोध लगायतका गतिविधिबाट अलग हुन नेतृत्व र कार्यकर्तालाई आह्वान पनि गरेको छ। आजको कार्यदलको बैठकमा सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल अनुपस्थित थिए।

उनीहरु दुवै जना कार्यव्यवस्तताका कारणले अनुपस्थित भएको नेता रावलले जानकारी दिए। रावलले कार्यदलको बैठक भोली पनि बस्ने जानकारी दिए। सञ्चारकर्मीहरुले बागमती प्रदेश राष्ट्रिय सभा सदस्य उप निर्वाचनका विषयमा के हुन्छ भनेर प्रश्न सोधे पनि उनले कुनै जवाफ भने दिएनन्।

प्रकाशित: May 18, 2021| 11:22 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।