सोमबार, असार २९, २०८३

७५ लाख भारुसहित प्रहरी नियन्त्रणमा अजित, निरज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बारा-  बारा प्रहरीले ७५ लाख प्रतिबन्धित भारतिय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

बाराको सिमराका अजित कुमार झा तथा निरज कुमार सिंहलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट भारतीय रुपैयाँ  ७४ लाख ९५ हजार ५ सय बरामद गरिएको छ ।

आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । 

घटनाका विषयमा थप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरीहर भवन पुल्चोक पठाउने तयारी  भैरहेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज ढकालले नेपाल समयलाई जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।