आइतबार, वैशाख २७, २०८३

बेलायती सेनाको मोडलिङ मोह

ताप्लेजुङका मण्डल थेबे हाल बेलायती सेनामा कार्यरत छन्। सेनामा भर्ति हुनुअघि उनको सुगठित शरीर देखेर साथीहरु भन्ने गर्थे– ‘तँ त सिनेमाको हिरो बन्नुपर्छ।’
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– ताप्लेजुङका मण्डल थेबे हाल बेलायती सेनामा कार्यरत छन्। सेनामा भर्ति हुनुअघि उनको सुगठित शरीर देखेर साथीहरु भन्ने गर्थे– ‘तँ त सिनेमाको हिरो बन्नुपर्छ।’

National life

तैपनि पारिवारिक बाध्यताका कारण उनी सेनामै भर्ती भए। तर, कलाकारिताप्रतिको झुकावलाई भने उनले मर्न दिएनन्। सेनाको ड्युटीसँगै फुर्सदमा उनले मोडलिङ गर्न पनि भ्याएकै छन्। 

हालै मण्डलले गायिका पारु राईको नयाँ गीत ‘तिम्रो तृष्णा’मा मोडलिङ गरेका छन्। पारु र  भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूको स्वर रहेको गीतको भिडियोमा मण्डलसँग गायिका पारुको अनस्क्रिन रोमान्स देख्न सकिन्छ। 

बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन्। नेपालतर्फका दृश्य भने सुरज तामाङको निर्देशनमा खिचिएको छ। भिडियोमा विकास लिम्बू र वृक्षा लिम्बूसमेत फिचर्ड छन्।

प्रकाशित: May 18, 2021| 08:40 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्