शुक्रबार, फागुन १५, २०८२

चर्चा बटुल्दै 'भुल भयो मबाट’

म्यूजिक भिडियोका सफल मोडल तथा निर्देशक प्रेम थापाको नयाँ गित ‘भुल भयो मबाट’ ले छोटो समयमै चर्चा कमाउन सफल भएको छ। 
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - म्यूजिक भिडियोका सफल मोडल तथा निर्देशक प्रेम थापाको नयाँ गित ‘भुल भयो मबाट’ ले छोटो समयमै चर्चा कमाउन सफल भएको छ। 

National life

लोकदोहोरी प्याटनमा रहेको यो गीत ५ दिनअघि अर्थात बिहीबार मात्रै इमराल्ड आर्ट स्टुडियोको युटुव च्यानलमार्फत बजारमा आएको थियो। बिहीबारदेखि मंगलबार बिहानसम्म मात्रै उक्त गीत २ लाख ७ हजार पटक हेरिएको छ।  

म्यूजिक भिडियोमा मोडल प्रेम थापा र मोडल अन्जली अधिकारीको अभिनय रहेको छ। गीतमा गायिका समीक्षा अधिकारी र सुवास खत्रीले स्वर दिएका छन् भने गीतको शब्द सिर्जना शिव अखेलीले गरेका छन्। 

ईश्वर सिंहले लय सिर्जना गरेका छन्। गीतको निर्देशन युवा निर्देशक सिर्जन बरालले गरेका छन्। भिडियोमा मोडल थापा र अधिकारीबीच गहिरो माया प्रेम रहेको देख्न सकिन्छ। 

मायामा केही भुल भएपछि मोडल थापा मोडल अधिकारीसँग विभिन्न भूमिकामा माफी मागेको देख्न सकिन्छ। 

Laxmi sunrise bank

प्रेमी प्रेमिकाले एकले अर्कोलाई दोषारोपण गरेको, दुवै जनाको केही मनमुटावपछि एकले अर्कोलाई घुर्की लगाउने गरेको कुरालाई गीतमार्फत प्रस्तुत गरेको छ।

प्रकाशित: May 18, 2021| 02:56 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्