सोमबार, असार २९, २०८३

शहरी विकास आयोजना- व्यवसायीलाई अर्बौंको क्षति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- यहाँ सञ्चालित एकीकृत शहरी विकास आयोजना फेब्रुअरी २०१८ मै सकिनुपर्ने सम्झौता छ । थपिएको जुन २०१८ को म्याद पनि सकिँदैछ, निर्माण सकिने टुंगो छैन । 

उक्त आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले एक अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ । १ वैशाख ०७३ मा योजना उद्घाटन भएको थियो । त्यसअन्तर्गत् नौ दशमलव दुई किलोमिटर सडक र ३२ किमि ढल निर्माण गर्ने सम्झौता छ । 

काम सम्पन्न हुने लक्षण नदेखिएपछि आगामी डिसेम्बरसम्म म्याद थप्ने तयारी भइरहेको छ । 

हालसम्म ६ किमि सडक निर्माण पूरा भएको छ । बाँकी तीनमध्ये दुई किमि सडक बजार क्षेत्रमा पर्छ । मापदण्डअनुसार घरटहरा भत्काउन ढिलाइ भएकाले उक्त खण्डको निर्माण समयमै पूरा हुने सम्भावना न्यून रहेको आयोजना प्रमुख गंगाप्रसाद यादव बताउँछन् । 

यस्तै, ढलको ३२ किमिमध्ये १८ किमि मात्र पूरा भएको छ । सडक र ढलबाहेक सडकछेउमा पेटी निर्माण अझै शुरु हुन सकेको छैन । 'कामको गतिलाई तीव्रता दिएका छौं,' आयोजना प्रमुख यादव भन्छन् । 

उनका अनुसार उक्त आयोजनाका लागि हालसम्म ६० करोड रुपैयाँ भुक्तानी भइसकेको छ । 

थपिएको म्यादमा पनि सडक र ढल निर्माण पूरा भएन, फेरि अवधि बढाउने तयारी ।



फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध भइसक्दा पनि उपमहानगरले निर्माण थाल्न सकेको छैन । जनकपुर–१९ भोइलमा गुठी संस्थानले ल्यान्डफिल साइट निर्माण गर्न उपमहानगरलाई भाडामा जग्गा उपलब्ध गराएको छ ।

त्यसबाहेक सघन शहरी विकास कार्यक्रमअन्तर्गत् नगर क्षेत्रमा १७ किमि सडक निर्माण जारी छ । ८३ करोड लागतको उक्त कार्यक्रमको गति पनि सुस्त छ, जसका लागि हालसम्म ३० करोड रुपैयाँ निकासा भइसकेको छ । 

'कमसल सामग्रीको प्रयोग'

एकीकृत शहरी विकास आयोजनाअन्तर्गत् भइरहेको निर्माणमा कमसल सामग्रीको प्रयोग भइरहेको स्थानीय बासिन्दाको आरोप छ । ठेकेदार कम्पनी बलराम कन्स्ट्रक्सनले कमसल इँटा प्रयोग गरिरहेको उनीहरू बताउँछन् । 

बालुवा, सिमेन्टलगायत निर्माण सामग्री पनि गुणस्तरीय नरहेको जनकपुर–४ का वडाध्यक्ष सुदर्शन सिंहको आरोप छ । त्यसबारे उपमहानगर र आयोजना कार्यालयलाई पटक–पटक जानकारी गराउँदासमेत सुनवाइ नभएको उनी बताउँछन् । 

सडक निर्माणमा भइरहेको ढिलाइका कारण अर्बौंको क्षति बेहोर्नुपरेको स्थानीय व्यवसायीहरू बताउँछन् । घरहरू भत्काइँदा र सडक निर्माणमा भइरहेको ढिलाइको दोहोरो मारमा व्यवासायीहरू परेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहको भनाइ छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।