सोमबार, असार २९, २०८३

जनकपुर अञ्‍चल अस्पताल प्रमुख यादवलाई कालोमोसो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुर अञ्चल अस्पतालका प्रमुख डा. रामपरीक्षण यादवलाई अपरिचित व्यक्तिहरुले कार्यकक्षमै कालोमोसो दलेका छन् । 
 
१०–१२ जनाको समूहमा आएका युवाहरुले आइतबार डा. यादवको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् । तीन दिन अगाडी डाक्टरको लापारबाहीले प्रसुति गराउन आएकी जनकपुर उपमहानगरपालिका–१ की सोनियादेवी ठाकुरको मृत्यु भएको घटना सम्बन्धमा ती युवाहरु प्रमुख यादवसँग कुराकानी गर्नभन्दै कार्यकक्ष छिरेर कालोमसो दलेको थिए । 

युवाहरुको समूहले डा. यादवका सहयोगी मिथिलेश यादवलाई पनि कुटपिट गरेको अस्पतालका एक कर्मचारीले जनाए । 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले भागिरहेको अवस्थामा तीनजना शंकास्पद व्यक्तिहरुलाई शंकटमोचन मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । अस्पताल प्रमुख यादवको कार्यकक्षमा जडान गरिएको सीसी टीभी क्यामरामा युवाहरुको तस्बिर कैद भएको बताइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।