आइतबार, असार २८, २०८३

उपसभापति निधि र नेपालका लागि ईयूका राजदूत डिप्रेबीच भेटघाट

उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा बिहान भएको करिब एक घण्टा लामो भेटमा राजदूत डिप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग गर्न पहल गर्ने बताएकी छन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डिप्रेबीच भेटघाट भएको छ।

उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा बिहान भएको करिब एक घण्टा लामो भेटमा राजदूत डिप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग गर्न पहल गर्ने बताएकी छन्।

भेटमा राजदूत डिप्रेले प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विभिन्न क्षेत्रको विकासमा आफूहरुले सहयोग गर्ने उल्लेख गरेकी थिइन्। उनले वैकल्पिक ऊर्जा, जलवायु परिवर्तन, लैंगिक समानतालगायतका क्षेत्रमा इयूले सहयोग गर्न चाहेको सहयोगबारे पनि उपसभापति निधिसँग कुरा गरेकी छन्।

सो भेटमा उपसभापति निधिले नेपालको विकासमा इयूले सहयोगका लागि राखेको रुचिका लागि धन्यवाद व्यक्त गरेका थिए।


प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...