सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण आवश्यक छ - मन्त्री अर्याल

कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण आवश्यक छ - मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन्। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन्। 

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) सोमबार आयोजना गरेको ‘कृषि यान्त्रिकरण : आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताइन्। 

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको उनले बताइन्। 

उनले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने धारणा राखिन्।
उनले कृषि यान्त्रिकीरकणका लागि सरकारले नीति बनाई सकेको छ र त्यो अनुसार काम अगाडी बढी सकेको बताउँदै सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्योअनुसार काम भइरहेको दाबी गरिन्।

‘अब माटो मापन घरबाटै गर्न सकिने प्रविधिको विकास भएको छ।’ कृषि मन्त्रालयले माटो मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उनले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको समेत दाबी गरिन्। कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले यो कुरालाई अगामी बजेट र नीति तथा कार्यक्रममा राख्ने प्रतिबद्धता जनाइन्। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामा प्राविधिकको व्यवस्था गरिएको र त्यसमा अझै थप गर्दै कृषि ज्ञान केन्द्रसम्म प्राविधकहरु राख्ने तयारी मन्त्रालयले गरिरहेको उनले जानकारी दिइन्। एक पालिका एक नर्सरी नारा लगाएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उनले उच्चस्तरका सिकाइका लागि इजराइलको प्रविधि नेपाल ल्याउने सम्झौता भइसकेको जानकारीसमेत दिइन्। 

‘महिलामैत्री कृषि औजारमा अनुसन्धान गर्न आवश्यक रहेको छ, अहिले पुरुषभन्दा बढी महिलाहरु कृषिमा आवद्ध छन्, उनीहरुलाई उपयुक्त हुने औजारको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता हो।’ उनले भनिन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउन कृषिमा यान्त्रिकीकरण गर्नुपर्ने भन्दै उत्पादन वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताए। 
उत्पादन गरेर मात्र नहुने त्यसको बजार व्यवस्थापन पनि जोड दिनुपर्ने र त्यसका लागि कृषि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो। 

प्रकाशित: May 17, 2021| 10:26 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्