सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीमा गोरे आतंक : मोटरसाइकल चोरी गरेको आरोपमा सात समातिए

धनगढीमा गोरे आतंक : मोटरसाइकल चोरी गरेको आरोपमा सात समातिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- ३३ किलो सुन तस्करी प्रकरणका गोरेको चर्चामा भइरहँदा कैलालीको धनगढीमा अर्को एक जना गोरे मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन् ।
 
चोरीको मोटरसाइकल विक्री गर्ने गोरे भनिने धनगढी उपमहानगरपालिका ६ मटियारीका २१ वर्षीय रामभजन रानासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । राना पेन्टिङको काम गर्दै आएका छन्। 

उनीहरूलाई चोरी भएका सात वटा मोटरसाइकलसहित आइतबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये चार जना मुख्य व्यक्त्ति, एक जना चोरीका मोटरसाइकल बेचविखन गर्ने र एक जनाको घरमा मोटरसाइकल बरामद गरिएको थियो । 



सुदूरपश्चिम समाज नामक संस्थामा काम गर्ने कैलाली गाउँपालिकाका १८ वर्षीय  सन्जु चौधरी, धनगढी ६ मटियारीकै आलमुनियम पसलमा काम गर्ने २० वर्षीय सुरज रानले मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिका ५ का २८ वर्षीय पदम धानुक आफ्नै ग्यारेज भएको र घोडाघोडी ९ का किसन चौधरी ग्यारेजमा काम गर्दै चोरीका मोटरसाईकल बेचबिखन गर्दै आएको एसपी विनोद घिमिरेले जानकारी दिए । 

उनीहरूले राति १० देखि दुर्इ बजेसम्म धनगढीका मुख्य स्थानमा राखिएका मोटरसाइकल चोरी गर्दै आएका थिए । हसनपुर बसपार्क पछाडि, चटकपुर, क्याम्पसरोडलगायत स्थानबाट बढी मोटरसाइकल चोरी गरेको उनीहरूले स्वीकारेका छन् । सबैभन्दा बढी पल्सर त्यसपछि अपाचे, सुपर स्प्लेन्डरलगायत मोटरसाइकल चोरी गर्दै आएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।