सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउनू : अर्थमन्त्री

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउनू : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन्।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन्।

भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई  सरकारी,  गैरसकारी संस्था तथा निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जालगायतका सामग्रीहरूको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन भर्चुअल माध्यमबाट मन्त्री पाैडेलले निर्देशन दिएका हुन्। 

यस्तै उनले कोभिड-१९ बाट जोगिनु पर्ने र प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गरे। 

अर्थमन्त्री पौडेलले कोभिड-१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिएका छन्। 

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरूको भन्सार जाँचपाससम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए। 

राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरूसँग समन्वय गरी चौबीसै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन्। 

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिएका थिए। 

प्रकाशित: May 17, 2021| 07:14 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्