सोमबार, असार २९, २०८३

अपडेट : नेविसंघले जलायो सरकारी गाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शंखमुलस्थित यूएनपार्क नजिकै सरकारी गाडीमा आगजनी भएको छ ।  

आइतबार दिउँसो, राजश्व अनुसन्धान तालिम केन्द्र, हरिहर भवनको बा१झ ८८१८ नम्बरको गाडीमा आगजनी भएको हो । 

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आगजनी गरेको जनाएको छ । नेविसंघका एक नेताका अनुसार 'मूल्यवृद्धिको विरोधमा सरकारी गाडीमा आगजनी गरिएको हो ।' 

नेवि संघले मूल्यवृद्धिको विरोधमा धर्नालगायतका विरोधका कार्यक्रम गरिरहेको छ । 

नेविसंघले आगजनीको जिम्मा लिए पनि प्रहरीले आगजनी गर्नेको खोजी जारी रहेको जनाएको छ । गाडीमा चालक नकुल लुइटेलमात्र थिए । गाडी क्षतिग्रस्त अवस्थामा छ । 











 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।