सोमबार, असोज १२, २०८३

अनलाइनमार्फत् नबिलको आइकार्ड

नबिल बैंकले अनलाइनबाटै ‘नबिल आइकार्ड’ का लागि निवेदन दिन सक्ने व्यवस्था गरेको छ। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं - नबिल बैंकले अनलाइनबाटै ‘नबिल आइकार्ड’ का लागि निवेदन दिन सक्ने व्यवस्था गरेको छ। निषेध आदेश अवधिमा पनि कार्ड लिनका लागि यो व्यवस्था गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

बैंकका ग्राहकहरूले वेबसाइटमा गएर नबिल आइकार्ड सेक्सनमा ‘अप्लाई नाउ’ विकल्प छानेर निवेदन दिन सक्ने छन्। आवेदन दिँदा ग्राहकले कार्ड लिने शाखा छनोट गरी कार्ड लिन सक्ने व्यवस्था गरिएको छ। 

कार्ड लिन चाहने ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रको टेलिफोनबाट समेत आवश्यक जानकारी प्राप्त गर्ने बैंकले जानकारी दिएको छ।

प्रकाशित: May 17, 2021| 05:12 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्