काठमाडौं– केन्द्रीय तथ्यांक विभागले प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गरेको छ।
जस अनुसार सबैभन्दा बढी बागमती प्रदेशको रहेको छ। बागमती प्रदेशको जीडीपी १६ खर्ब ८ अर्ब हुने अनुमान गरिएको तथ्यांक विभागले जनाएको छ। चालु आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक तथ्यांकहरुको आधारमा उक्त अनुमान गरिएको विभागको भनाइ छ।
विभागका अनुसार प्रदेशक १ को कुल गार्हस्थ उत्पादन ६ खर्ब ६४ अर्ब, प्रदेश २ को ५ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको रहने अनुमान गरिएको छ।
त्यस्तै गण्डकी प्रदेशको ३ खर्ब ७२ अर्ब रुपैयाँ र लुम्बिनी प्रदेशको ५ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको हुने अनुमान गरिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ।
विभागका अनुसार कर्णालीको १ खर्ब ७२ अर्ब र सुदूरपश्मिको २ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको हुने अनुमान गरिएको छ।