सोमबार, असार २९, २०८३

ब्राजिलमा यसरी पढाउँदैछन् माधव नेपाल र नारायणकाजी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ब्राजिलमा नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र जनताको जनवादबारे प्रशिक्षण दिइरहेका छन् । उनीसहित नेकपाको केन्द्रीय सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गत बिहीबारदेखि नियमित डेढ घण्टा प्रशिक्षण दिन्छन् । 

ब्राजिलको वामपन्थी पार्टीनिकट 'थिंक ट्यांक' भूमिहीन श्रमिक आन्दोलन (एमएसटी)ले १३ वर्षदेखि सञ्चालन गरिरहेको 'फल्लोरेस्टन फर्नान्डेज नेसनल स्कुल'मा दुवै नेता प्रशिक्षकको भूमिकामा छन् ।

उक्त स्कुलमा ५० देशका प्रशिक्षार्थी छन् । नेपालका पनि पाँच विद्यार्थी अध्ययनरत छन् । 

नेपाली कम्युनिस्ट आन्दोलनले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट हासिल गरेको अभूतपूर्व उपलब्धि र समाजवादतर्फको यात्राबारे वरिष्ठ नेता नेपालले प्रकाश पारेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 



तत्कालीन एमाले र माओवादीबीच एकीकरणपछि गठित नेकपाले अवलम्बन गरिरहेको अन्तरिम कार्यक्रम 'जनताको जनवाद'सँगै 'जनताको बहुदलीय जनवाद'बारे पनि उनले प्रशिक्षण दिएका छन् । 

श्रेष्ठले पनि नेपाली कम्युनिस्ट आन्दोलन र पार्टी एकीकरणका सन्दर्भमा अनुभव राखे । दुवै नेताले कम्युनिस्ट पार्टीका नेता तथा संस्थाका पदाधिकारीहरूसँग दुई देशको सम्बन्ध र स्कुल सञ्चालनको मोडलबारे कुराकानी गरेका छन् ।

३४ वर्षअघि स्थापित एमएसटीका दुई लाख सदस्य छन् । उक्त संस्थाले सञ्चालन गरेको स्कुलबाट ल्याटिन अमेरिकासहित विश्वका विभिन्न देशका वामपन्थी पार्टीका ४२ हजार नेता/कार्यकर्ता दिक्षित भइसकेका छन् । 

सन् २००६ देखि उक्त स्कुलमा राजनीतिक विषयसँगै अन्तर्राष्ट्रिय मामिला पनि अध्यापन हुँदै आएको छ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।