सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मर्चेण्ट बैंकरले ३ जनामात्रै कमर्चारी राखेर सेवा प्रवाह गर्नुुपर्ने

मर्चेण्ट बैंकरले ३ जनामात्रै कमर्चारी राखेर सेवा प्रवाह गर्नुुपर्ने

 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं– नेपाल मर्चेण्ट बैंकर एशोसियसनले आफ्ना सदस्यहरूलाई न्यूनतम कमर्चारीमार्फत सेवा प्रवाह गर्न निर्देशन दिएको छ। 

कोभिड महामारीको संकट गहिरिएको भन्दै अनलाईनमार्फत धितोपत्र कारोबार गर्न अत्यावश्याक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पूर्ण सेवाहरु हाललाई स्थगित जनाएको छ। शुक्रबार धितोपत्र बोर्डले सेवा प्रवाह अनलाइनमुखी बनाउन गरेको आग्रहपछि एशोसियसनले यस्तो निर्देशन जारी गरेको हो।

अब सदस्य मर्चेण्ट बैंकहरूले तीन जना मात्रै कमर्चारी कार्यलयमा राख्न पाउने छन भने बाँकी सेवा अनलाइनमार्फत वर्कफ्रम होमबाट गर्नुपर्नेछ। ग्राहक तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधिभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहकमा नेपाल मर्चेण्ट बैंकर एशोसियसनले अनुरोध गरेको छ।

शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्न तथा शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत एशोसियसनले आग्रह गरेको छ। अनलाइन कारोबारका क्रममा मेरो शेयर वा इडिआईयस सम्बन्धी केहि समस्या आईपरेमा कम्पनीको फोन नम्बर तथा वेबसाईटमा उल्लेख गरिएको इमेल र मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न समेत एशोसिएसनले जनाएको छ।
 

प्रकाशित: May 16, 2021| 07:18 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्