सोमबार, असार २९, २०८३

'राजर्षि विश्वविद्यालय तत्काल कार्यान्वयनमा ल्याऊ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- राजर्षि जनक विश्वविद्यालय प्रदेश-२ र जनकपुरका लागि गौरवको विषय रहेकाले यथाशीघ्र कार्यान्वयनमा ल्याउन प्राध्यापकहरूले माग गरेका छन् । 

उनीहरूले त्रिभुवन विश्वविद्यालयसरह सेवासुविधा पाउनुपर्ने शर्त पनि अगाडि सारेका छन् । उक्त विश्वविद्यालय स्थापनासम्बन्धि निर्णय चार महिनाअघि नै भइसकेको छ । 

तर, त्यसका लागि आधार मानिएका जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस तथा राजविराज र सिरहा क्याम्पसका प्राध्यापक र कर्मचारीहरूले सेवा, सुविधा स्पष्ट हुनुपर्ने माग गरेपछि कार्यान्वयनमा आउने सकेको छैन । 

विश्वविद्यालय सञ्चालनमा त्रिविसँग देखिएको असमझदारी तत्काल समाधान गरी पठनपाठन शुरु गराउन विश्वविद्यालयका उपकुलपति भरत झालाई प्राध्यापकहरूले सुझाव दिएका छन् ।

प्राध्यापक डा. रामस्वार्थ रायले त्रिविसँग छलफल गरेर आधार तथा आंगिक क्याम्पसहरूलाई समायोजन गरी तत्काल कार्यान्वयनमा ल्याउन सुझाव दिए । आफ्नै गाउँठाउँमा स्थापना भएको विश्वविद्यालयको सफलताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उक्त विश्वविद्यालयलाई प्राविधिक शैक्षिक केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए । 

प्राध्यापक भोगेन्द्र झाले विश्वविद्यालय स्थापना गर्न कांग्रेस उपसभापति विमलेन्द्र निधिले निर्वाह गरेको भूमिका बिर्सन नहुने बताए । विश्वविद्यालय स्थापनाको प्रक्रिया शुरु गर्न २० वर्षअघि नै सम्बन्धित क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको लिखित सहमति लिइएको जानकारी दिए । पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रदेशकै पहिलो विश्वविद्यालयबारे प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्थान नपाउनु दुःखद रहेको बताए । 

विश्वविद्यालयका उपकुलपति भरत झाले त्रिविसँग छलफल गरेर छिट्टै समायोजन प्रक्रिया अगाडि बढाइने बताए । उनका अनुसार आगामी शैक्षिक सत्रदेखि बीआईटी, बीबीए, बीएस्सी, एमएलटी, एमएचएन र पीजी डिप्लोमा इन हेल्थ एन्ड न्युट्रिसनलगायत विषयको पठनपाठन थाल्ने तयारी भइरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।