सोमबार, असार २९, २०८३

सगरमाथा आरोही डोमालाई सेफर्डको सम्मान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शेर्पा समुदायबाट पहिलो महिला पत्रकारको रुपमा सगरमाथा आरोहण गरेकी डोमा शेर्पालाई सेफर्ड कलेजले आइतबार सम्मान गरेको छ ।

कलेजमा आयोजित कार्यक्रममा सेफर्ड कलेजका अध्यक्ष विश्वनाथ प्रसाद शाहले डोमालाई सम्मान पत्र प्रदान गरेका थिए । अध्यक्ष शाहले सगरमाथाको साहसिक यात्रा सम्पन्न गरेर डोमा महिलाहरुको लागि प्रेरणाको स्रोत बनेको बताए । 

सम्मान कार्यक्रममा क्याम्पस प्रमुख डा सुरेश आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी र प्रेस सेन्टर नेपालका उपाध्यक्ष कमल गिरी लगायत उपस्थित थिए । 

क्याम्पस प्रमुख डा. सुरेश आचार्यले डोमाले सगरमाथा चुमेर सेफर्डको समेत नाम चम्काएको बताए । आचार्यले भने, डोमा साहस र सफलताको उदाहरण बनेकी छिन । उनीबाट अहिलेको पुस्ताले शिक्षा लिनुपर्छ । 

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले डोमा सगरमाथामा आफैं चढेर हिमालको समस्या अध्ययन गरेर फर्केको बताउँदै भने यो साहसिक पत्रकारिताको एउटा रुप हो । 

कार्यक्रममा हिमाल आरोही तथा शेर्पा समुदायले भोग्नु परेको समस्या  र सरकारले सम्बोधन गर्नुपर्ने विषयको बारेमा समेत छलफल भएको थियो । डोमाले निकै संघर्ष गरेर हिमाल चढ्न चाहनेहरुको लागि प्रोत्साहित गर्ने खालको नीति सरकारले बनाउन नसकेको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।