शुक्रबार, भदौ ५, २०८३

उपसभापति निधि र नेपालका लागि इयूका राजदूत डिप्रेबीच भेटघाट

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेबीच मंगलबार भेटघाट भएको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेबीच मंगलबार भेटघाट भएको छ। 

उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा बिहान भएको करिब एक घण्टा लामो भेटमा राजदूत डिप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूका तर्फबाट सहयोग गर्ने बताएकी छन्।

भेटमा राजदूत डिप्रेले प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विविध विकासमा आफूहरुले सहयोग गर्ने पनि बताएकी छन्। 

उनले वैकल्पिक उर्जा, जलवायु परिवर्तन, लैंगिक समानता लगायतका क्षेत्रमा इयूले गर्न चाहेको सहयोगबारे पनि उपसभापति निधिसँग कुरा गरेकी छन्। भेटमा उपसभापति निधिले नेपालको विकासमा इयूले सहयोगका लागि राखेको रुचिका लागि धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित: Aug 03, 2021| 19:04 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...