सोमबार, असार २९, २०८३

ईपीएसको परीक्षा दिने ४६ नक्कली परीक्षार्थी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ईपीएस प्रणालीबाट रोजगारीका लागि कोरिया जान भाषा परीक्षा लेख्ने ४८ जना परीक्षार्थी पक्राउ परेका छन् । 

परीक्षाको पहिलो दिन शनिबारको परीक्षामा अर्काको परीक्षा दिइरहेका एक महिना र ४७ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

आइतबार पनि परीक्षा जारी छ । यो परीक्षामा पनि नक्कली विदार्थी सहभागी भएको आशंकामा प्रहरीले छानविन गरिरहेको छ ।
 
यो पटकको परीक्षामा ८० हजारबढी परीक्षार्थी सहभागी छन् । जसमध्ये अर्काको परीक्षा दिइरहेका विद्यार्थीमध्ये काठमाडौंको बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजबाट १३ जना, तीनकुनेको भीएस निकेतन कलेजबाट ११ जना, डिल्लीबजारको टाइम्स इन्टरनेसनल कलेजबाट आठ जना, नयाँ बानेश्वरको नोबेल एकेडेमीबाट पाँच जना, मैतिदेवीको युनिभर्शल कलेजबाट पाँच जना, कालोपुलको जेभियर इन्टनेशनल कलेजबाट चार जना र पुरानो बानेश्वरस्थित गोल्डेन गेट इन्टरनेशनल कलेजबाट एकजना पक्राउ परेका हुन् । 

कोरियाको ६४ सदस्यीय टोली अनुगमनमा 

परीक्षाको अनुगमनका लागि कोरियबाट ६४ सदस्यीय अनुगमन टोली आएको छ । अनुगमनका क्रममा नकारात्मक कुराहरु पाइए यो प्रणाली नै हट्न सक्ने भएकाले सचेत रहन इपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । 

आठ लाख सम्मको सेटिङ

इपीएसको परीक्षा दिनका लागि आठ लाख रुपैयाँसम्मको सेटिङ भएको पाइएको छ । सक्कली परीक्षार्थी उपत्यका बाहिर घरमा बसेको अवस्थामा उसैको नाममा अर्कोले परीक्षा दिइएको र त्यसका लागि दुई लाख रुपैयाँदेखि आठ लाख रुपैयाँसम्म सेटिङ भएको थियो । 

सेटिङको बारेमा जानकारी दिँदै एक परीक्षार्थीले भने, ‘हामीलाई भाषा पढाउने नै परीक्षामा सहभागी हुनुभएको थियो । उहाँले आफ्नो फोटो टाँसेर अर्काको परीक्षा लेख्नुभयो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।