सोमबार, असोज १२, २०८३

अब घरमै बसी पीसीआर परीक्षण गर्नुस्

मेरो स्वास्थ्य एपले कोरोना भाइरसको शंका भएका व्यक्तिहरूका लागि घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा सुरु गरेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं- मेरो स्वास्थ्य एपले कोरोना भाइरसको शंका भएका व्यक्तिहरूका लागि घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा सुरु गरेको छ। आइतबारबाट सेवा सुरु गरिएको काठमाडौं मेडिकल कलेजमा इन्टर्न डा. थानिस न्यौपानेले बताए।

नेपाल सरकारबाट मान्यता प्राप्त ल्याबबाट घरमै बसेर पीसीआर परीक्षण गर्न सकिने उनले बताए। यो सेवा लिनका लागि सेवाग्राहीले एप डाउनलोड गरि त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारी राखेर रजिस्टर्ड गर्नुपर्ने छ। र, एपमार्फत् सिधै सेवा लिन सकिन्छ।

यो सेवा काठमाडौं उपत्यकामा सुरु गरिएको छ। एपमा नाम रजिस्टर्ड गर्नेहरूको घरघरमा पुगेर नै स्वाब संकलन गरिने उनले बताए। पीपीई, माक्स, ग्लब, ट्रान्सपोटेसन खर्च आवश्यक पर्ने भएकाले स्वाब परीक्षण गर्न चाहनेबाट २५ सय शुल्क लिनेगरेको उनले बताए।

नेपाल मेडिकल इस्टुडेन्ट एसोसिएसनबाट यो कार्य थालिएको उनको भनाइ छ। संकलित स्वाब विध ल्याब ललितपुरबाट परीक्षण हुने उनले जानकारी दिए। शनिबारबाट सेवा सुरु गरिएको भए पनि पहिलो दिनमै पाँच जनाले नाम दर्ता गराइसकेको उनले बताए।

प्रकाशित: May 16, 2021| 02:40 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्