काठमाडौं-इजरायल एम्बेसीमा काम गर्ने नेपाल प्रहरीका सहायक निरीक्षक अनुपराज थापाले आत्महत्या गरेका छन् ।
काठमाडौंको लाजिम्पाटस्थित एम्बेसीमा थापाले आफैंले बोकेको पेस्तोलले कन्चटमा हानेर हात्महत्या गरेको काठमाडौं प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले नेपाल समयलाई जानकारी दिए ।
घटनाबारे छानबिन शुरु गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४