फिल्मी क्षेत्रमा लाग्ने महिला कलाकारको विवाहपछि विस्तारै फिल्मी उद्योगबाट बाहिरिने गरेका छन् । तर बलिउड अभिनेत्री करिना कपुर भने विवाहपछि पनि उत्तिकै व्यस्त बनेकी छन् । आफ्नो छोरालाई सँगै लिएर हिँड्ने उनी आफूलाई कामका लागि नियमित फिल्म मिलिरहेको बताउँछिन् ।
उनले एक वर्षमा एउटा मात्रै फिल्म खेल्ने गरेको बताउँछिन् । छोरा तैमुरका साथमा क्वालिटि टाइम बिताउन चाहेको बताउँदै उनले आफ्नो जीवनलाई व्यवस्थित बनाउँदै व्यवसायिक जीवनमा अघि बढ्ने बताउने गरेकी छन् ।
उनी अभिनित वीरे दी वेडिङ्गले ७० करोड कमाइसकेको छ । वीरे दी वेडिङ्गको सफलतापछि करिना कपुर खानलाई धर्मा प्रोडक्सनको फिल्म अफर आइरहेको छ ।
सैफअली खान शूटिङ्गमा विजि भएको बेला तैमुरको साथमा करिना हुने गर्छिन् । छोरोको लागि उनी सबै चिज बैंलेंस गरेर हिड्ने गरेको एक अन्तरवार्तामा बताएकी छिन् ।
दुबै फिल्मको शूटिङ्गलाई लिएर ब्यालेन्स बनाउन चाहेको भन्छिन् । सैफअली नवदीप सिंहको फिल्मको शूटिङमा छन् । नोबेम्वरमा सकिएपछि आफ्नो प्रोजेक्टमा लाग्ने बताइन । त्यसैले मातापिता मध्येमा एक जना छोरोको साथ रहने बताइन् । हाल करीना छोरो र श्रीमान सैफअलीको साथ लंडनमा छुट्टी बनाइरहेकी छिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४