शनिबार, वैशाख १२, २०८३

रातो मच्छिन्द्रनाथको रथ तानियो [फाेटाे फिचर]

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ।
 |  शनिबार, जेठ १, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, जेठ १, २०७८

काठमाडौं– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ।  हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनअनुसार तानिएको हो। पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पुर्‍याएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।

National life

यसअघि सांकेतिक रुपमा रथ बिहानको नित्य पूजापछि हल्लाइएको थियो। ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिएको थियो।  कोरोना महामारीका कारण मच्छिन्द्रनाथको रथयात्राकाे विधि मात्र पुर्‍याइएकाे हो। 

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ ६ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो। 

 

kumari

 

प्रकाशित: May 15, 2021| 11:50 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।