सोमबार, असार २९, २०८३

'राजपाको उद्देश्य नै सरकारमा जाने हो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले सरकारमै जान पार्टी बनेको प्रतिक्रिया दिएका छन् । यद्यपि, ठाकुरले आफ्नो पार्टीले सरकारमा जाने
निर्णय गरिनसकेको बताए । 

राजनीतिक समितिको बैठक टारेर जनकपुर पुगेका संयोजक ठाकुरले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा भने, 'हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो । र, पार्टी गठन पनि त्यही उद्देश्यका साथ पार्टी गठन भएको हुन्छ ।' केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान परिवर्तन नभएको उनले बताए।

संघीय समाजवादी फोरम सरकारमा सहभागी भइसकेको अवस्थामा राजपाको भूमिकाबारे सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले केही दिनअघि एक्लै तथा सामूहिक भेटघाटमा सरकारमा सहभागी हुन आग्रह गरेको प्रसंग कोट्याए । संविधान संशोधनको ग्यारेन्टी नभएसम्म सरकारमा सहभागी हुन नसकिने जवाफ फर्काएको जानकारी दिए । त्यस बैठकपछि प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको उनको भनाइ थियो । 

नेकपा नेतृत्वको सरकारमा सहभागी भएपछि मधेशमा फोरम नेपालको आलोचना भइरहेको बेला ठाकुरले आफूलाई त्यस विषयमा कुनै जानकारी नरहेको र यस्तो कुरा पहिलो पटक सुनेको प्रतिक्रिया दिए।

 फोरम नेपाल सरकारमा सहभागी भए पनि प्रदेश २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने ठाकुरले स्पष्ट पारे । हिरासतमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई प्रमाण पत्र दिई संसदमा बस्ने वातावरण निर्माण गर्न ठाकुरले सरकारसँग माग गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।