बिहीबार, फागुन २८, २०८२

चिनियाँ अन्तरिक्षयान जुरोङ मंगल ग्रहमा अवतरण

चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान जुरोङले मंगल ग्रहमा सफल अवतरण गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूले शनिबार जुरोङले मंगलग्रहको सतहमा सफल अवतरण गरेको दाबी गरेका हुन्। 
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

काठमाडौं- चीनले प्रक्षेपण गरेको अन्तरिक्षयान जुरोङले मंगल ग्रहमा सफल अवतरण गरेको छ। शनिबार जुरोङले मंगल ग्रहको सतहमा सफल अवतरण गरेको चिनियाँ सञ्चारमाध्यमहरूले दाबी गरेका हुन्। 

National life

जुरोङलाई मंगल ग्रहको उत्तरी गोलार्द्धको उटोपिया प्लानिसिया क्षेत्रमा अवतरण गरिएको बताइएको छ। जुरोङको सफल अवतरणलाई चीनले उल्लेख्य उपलब्धि भएको उल्लेख गरेको छ। 

हालसम्म अमेरिकी अन्तरिक्षयानले मात्र मंगल ग्रहको सतहमा अवतरण गरेका थिए। योसँगै मंगल ग्रहमा अवतरण गर्ने चीन दोस्रो देश बन्न सफल भएको छ। 

मंगल ग्रह पृथ्वीको सहतभन्दा करिब ३२ करोड किलोमिटर टाढा छ। त्यहाँबाट पठाइएका रेडियो म्यासेस पृथ्वीसम्म आइपुग्न झन्डै १८ मिनेट लागेको थियो। 
 

प्रकाशित: May 15, 2021| 02:51 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।