सोमबार, असार २९, २०८३

प्रदेश ७ को नाम सेती महाकाली ! 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रदेश ७ सरकार गठन भएको झण्डै चार महिना पुग्नै लाग्दा सम्म पनि प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन नसकेपछि त्यसबारे अनौपचारिक रुपमा छलफल बहस हुन थालेको छ ।

प्रदेशको स्थायी राजधानीको बिषयमा त्यती चर्चा नभए पनि प्रदेशको नामाकरणका बारेमा भने बिभिन्न स्तरमा चर्चा परिचर्चा हुन थालेको हो । सरोकारवाला संघ सस्थाले कार्यक्रमनै आयोजना गरेर नाम र राजाधनीका बारेमा छलफल हुन थालेको छ भने त्यो भन्दा बढी चर्चा परिचर्चा सामाजिक सञ्जाल हुन थालेको छ । 

सत्तारुढदलका नेताहरुले स्थायी राजधानी धनगढी या अत्तरीया मध्ये एक ठाउमा हुने बारेमा बोलिसकेका छन् भने नामाकरणका बिषयमा भने कोही बोलेका छैनन् । प्रदेश ७ सरकारले आन्तरिक रुपमा स्थायी राजधानी र नामाकरणका बारेमा छलफल गरिरहेको भए पनि टुंगोमा भने पुग्न सकेको छैन । 

आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता प्रकाश बहादुर शाहले नामाकरण र स्थायी राजधानीका बारेमा आन्तरिक छलफल चलिरहेकोले चाँडै टुंगोमा पुग्ने बताए ।

मन्त्रिपरिषद् श्रोतका अनुसार चार/पाँच वटा नाममा छलफल भइरहेको छ । छलफल भएका नामहरुमा सेती महाकाली, खप्तड, अपी खप्तड, अखण्ड सुदूरपश्चिम, मानसखण्डलगायतका छन् । मन्त्रिपरिषद् नामाकरणका बारेमा टुंगोमा नपुगिसके पनि 'सेती महाकाली' प्रदेशमा सहमती जुट्ने संभावना बढी रहेको मन्त्रिपरिषद् श्रोतले जानकारी दिएको छ । 

कैलाली कञ्चनपुरस्थित स्थानीय तहका जनप्रतिनिधि तथा थारु अगुवाहरुले भने प्रदेशको नाम 'अखण्ड सुदूरपश्चिम' राख्न संसदीय समितिलाई सुझाव दिएका छन् । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्ष लाजुराम चौधरीले पनि प्रदेश-७ को नाम अखण्ड सुदूरपश्चिम नै राख्नुपर्नेमा जोड दिए ।

उनले भने- 'हामी पहिचान र हक अधिकारको लागि ठूला–ठूला आन्दोलन गर्‍यो  । तर हाम्रो पहिचान के ? 'कि त हामी नेता नजन्माएर हो कि, भएका जति गतिला नभएर हुन् ।' उनले प्रदेश नामाकरणवारे धेरै नाम आएको बताउदै भने- 'यहाँ अखण्ड सुदूरपश्चिम आन्दोलनको मर्म मात्रै समेटिएकोले नामाकरण पनि त्यसैको आधारमा गरिनुपर्छ ।' 

खसआर्य र थारु समुदायको मिश्रति बसोबास रहेको प्रदेश ७ को नाममा बिभिन्न विकल्पमाथि छलफल भइरहेको छ । संविधानतः प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नाम र राजधानी तोक्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।