सोमबार, जेठ ४, २०८३

क्यान्सरबाट जोगिन के गर्ने?

क्यान्सर निकै घातक बिरामी हो। क्यान्सर संक्रमण विश्वभर नै पछिल्लो समय तीव्र गति बढिरहेको छ। क्यान्सरबाट जोगिन हामीले खानपान देखि थुप्रै कुरामा ध्यान दिनुपर्छ।
 |  शनिबार, जेठ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १, २०७८

क्यान्सर निकै घातक बिरामी हो। क्यान्सर संक्रमण विश्वभर नै पछिल्लो समय तीव्र गति बढिरहेको छ। क्यान्सरबाट जोगिन हामीले खानपान देखि थुप्रै कुरामा ध्यान दिनुपर्छ।

National life

विश्व स्वास्थय संगठनका अनुसार क्यान्सरबाट जोगिन धुमपान सेवन गर्नु हुँदैन। धुपानको सेवन नगर्ने मानिसमा क्यान्सरको जोखिम कम हुन्छ। 

चुरोट, तम्बाकु वासुर्ती खाने बानी भए जतिसक्दो चाडो चोड्नु नै बुद्धिमानी हुन्छ। यस्ता पदार्थ मुख र फोक्सोका कारण बन्न सक्छन्।

अल्कोहल पनि कम पिउनुपर्छ। विश्व स्वास्थ्य संगठनमा कम मात्रामा रक्सि पिउने मानिस क्यान्सरबाट जोगिन सक्ने जनाएको छ। केही मानिसको रक्सी नियमित सेवन गर्ने बानी हुन्छ। यस्ता मानिसमा टाउको, घाँटी, कलेजो र स्तन क्यान्सरको जोखिम हुन्छ।

विश्व स्वास्थ्य संगठनले नियमित रुपमा व्यायम गर्ने मानिसमा क्यान्सरको जोखिम कम हुने जनाएको छ। थुप्रै अध्ययनले यो कुराको पुस्टि गरिसकेको छ। नियमित व्यायम गर्दा मानिस शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहन्छ।

स्वस्थ भोजनको सेवन गर्नुपर्छ। भोजन स्वस्थ भए क्यान्सर जस्ता थुप्रै रोगबाट जोगिन सकिन्छ। विशेषज्ञका अनुसार मसालेदार मोजन, अधिक सुर्खानी र सोडा प्रयोग गरिएको खाने कुरा खानु हुँदैन।

लामो समयसम्म चर्को घामबाट जोगिनु पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सरबाट बच्न लामो समयसम्म चर्को घाममा बस्नु हुँदैन। घाममा लामो समयसम्म बस्दा छालाको क्यान्सर हुने जोखिम हुन्छ।

प्रकाशित: May 15, 2021| 01:31 शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्