सोमबार, असार २९, २०८३

विप्लवका कार्यकर्ता समाउन खोज्दा प्रहरी घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्न खोज्दा एक प्रहरी जवान घाइते भएका छन् । 

चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका हुन । धोबीको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार बिसीका अंगरक्षकले इँट्टा प्रहार गरेपछि बिसी भाग्न सफल भएको र प्रहरी जवान घाइते भएको बताए । बिसी भागे पनि उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।