काठमाडौं– सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए त्यसैगरी सरकारले शिक्षक सेवा आयोगमा अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पदाधिकारी नियुक्त गरेको हो।
आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी र सदस्यहरुमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नियुक्त भएको प्रवक्ता कार्कीले जानकारी दिए।