आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या दुई लाख ६२ हजार नाघ्यो

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या दुई लाख ६२ हजार नाघ्यो

कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भएको छ। 
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

National life

नयाँदिल्ली– कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भएको छ।  केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ। 

मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो। बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो। 

भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो। पहिलो सर्वाधिक असर परेको संयुक्त राज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ। महामारी सुरु भएयता भारतमा कुल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित छन्। रासस
 

प्रकाशित: May 14, 2021| 08:05 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।